देशभर बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना


नेपालमा मनसुन हाल सामान्यभन्दा कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ भने बङ्गालको खाडीबाट अझै पनि जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ।

 

आज दिउँसो देशभर सामान्यतया बदली हुने पूर्वानुमान गरिएको छ। मधेसका विभिन्न भागसँगै कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ। अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि यस्तै वर्षा हुनसक्ने उल्लेख गरिएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका धेरैजसो भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने देखिन्छ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यससँगै, कोशी प्रदेशका केही तराई र पहाडी क्षेत्रमा भारी वर्षा पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x