नबिल इन्भेष्टमेण्ट बैंकिंगको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड-III' आजदेखि बिक्री खुला


ज्ञानमाण्डू।नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आज भाद्र २५ गतेदेखि ‘नबिल ब्यालेन्स्ड फण्ड-III' नामक सामूहिक लगानी कोष बिक्री खुला गरेको छ। नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड योजना व्यवस्थापक रहेको यस इकाईको कोष प्रवर्द्धक नबिल बैङ्क लिमिटेड रहेको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। दश वर्षे बन्द मुखी यस ‘नबिल ब्यालेन्स्ड फण्ड-III'  नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईको १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैङ्क लिमिटेडलाई र १ प्रतिशत अर्थात् १० लाख इकाई  योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडका लागि सुरक्षित गरि बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फन्डमा न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

म्युचुअल फण्ड बिक्री छिटोमा भाद्र २९ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए उक्त म्युचुअल फण्डको बिक्री ढिलोमा असोज ८ गते सम्म लम्बिने छ ।

‘नबिल ब्यालेन्स्ड फण्ड-III' नामक यस सामूहिक लगानी कोषको इकाईमा लगानीकर्ताहरूले ढिलोमा भाद्र २९ गते साँझ कार्यालय समय सम्ममा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत आवेदन दिई सक्नुपर्नेछ ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई “[ICRANPJ AMC Quality 3+ (AMC3+); Reaffimed" रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले सम्पत्ति वा कोषको उचित व्यवस्थापनको पर्याप्त आधार (Adequate Assurance on Management Quality) रहेको जनाउँदछ । उक्त रेटिङ्ग प्राप्त गरेको मिति : पौष १३ ,२०७७ र यसको बैधता एक वर्ष रहनेछ ।

त्यस्तै, कोष प्रवर्द्धक नबिल बैङ्क लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले "[ICRANP-IR] AA-; Reaffirmed” रेटिङ्ग प्रदान गरेको छ । यसले संस्था समयमा नै वित्तिय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित (High degree of safety regarding timely servicing financilal obligations) रहेको भन्ने जनाउँछ । यस्ता संस्थामा कर्जाहरुको जोखिम ज्यादै न्यून (Very Low Credit Risk) भन्ने आधार जनाउँदछ। उक्त रेटिङ्ग प्राप्त गरेको मिति : भाद्र २५,२०७७ र यसको बैधता एक वर्ष रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x