नबिल बैङ्कले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

बैङ्किङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैङ्कले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सक्ने सुविधाको प्रारम्भ गरेको छ । सो सुविधा मार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

सो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । सो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको सो बैङ्कले जानकारी दिएको छ ।

हाललाई नबिल बैङ्कका काठमाडौँ उपत्यकामा  ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा सो सुविधा पाउन सकिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x