सन्राइज बैङ्कका ग्राहकलाई KFC,Pizza Hut र Cream bell मा विशेष छुट

सन्राइज बैङ्क र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सन्राइज बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैङ्कले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैङ्कले KFC,Pizza Hut / Cream bell सँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो ।

सो सम्झौता अन्तर्गत सन्राइज बैङ्कका ग्राहकहरूले बैङ्कको मोबाइल बैंकिङ्ग एप 'Sunrise Smart+' बाट NEPALPAY Qr Scan गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित KFC,Pizza Hut / Cream bell का देशै भरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासब्याक तुरुन्तै पाउनेछन् । सो योजना २१ असार २०८० सम्मका लागि लागु गरेको कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x