आरम्भ चौतारी लघुवित्तको नाफा ६६ लाख ४० हजार

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५५.०५ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ६६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरम्भ चौतारी लघुवित्तले ५ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरम्भ चौतारी लघुवित्तले ३ अर्ब  १८ करोड रुपैयाँ सापटी लिएको छ।


आरम्भ चौतारी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.३३ प्रतिशतले घटेर ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ७४० को आधारमा मूल्य आम्दानी अनुपात १०२.२० गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x