सन्राइज बैङ्कले आफ्ना ग्राहकहरूलाई नयाँ र समय सापेक्षिक सेवाहरूलाई प्रदान गर्दै आएको छ । सन्राइज बैङ्कले आफ्ना ग्राहकहरूको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैङ्कले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौँको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्र सँग सम्झौता गरेको छ । सन्राइज बैङ्क लिमिटेड तथा अरोगिन हेल्थकेयर बिच बैङ्कका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले यस बैङ्कको के्र्रडिट, डेबिट कार्ड, क्यु आर वा मोबाइल बैङ्किङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरूमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने जनाएको छ । सम्झौतामा बैङ्कका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थ केयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेको बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्कको अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्र सँग सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
