मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल मङ्सिर १४ गते, बिहीबार बसेको सञ्चालक समितिको २६१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को सञ्चित मुनाफा र हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशतले हुन आउने रकम रु. ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने मञ्जुश्री फाईनान्स लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
मञ्जुश्री फाईनान्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
