लुम्बिनी विकास बैङ्कको १ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा


लुम्बिनी विकास बैङ्क लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैङ्कका संस्थापक शेयर धनी दिवाकर कुचेरियाले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि बैङ्कले उक्त शेयर बिक्रीमा ल्याएको हो।

बैङ्कले हाललाई उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने व्यवस्था गरेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैङ्कको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x