श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले यही पौष २९ गते शुक्रबारकाे दिन २८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १९ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं लि. को रजिस्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।


सभाले कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २.४० प्रतिशतले हुन आउने रकम रु. २ करोड ३० लाख ८ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र ५.२० प्रतिशतले हुन आउने रकम रु. ४ करोड ९८ लाख ५१ हजार १०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ७.६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले संस्थापक तर्फको विद्यमान शेयर स्वामित्व ५३.३२ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४६.६८ प्रतिशतलाई क्रमशः ५१% र ४९% कायम गर्न प्रबन्ध पत्रको दफा ५ को खण्ड (घ) र (ङ) मा तदनुसार संशोधन गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x