एकै दिन वाणिज्य बैङ्कको निक्षेपमा ७ अर्बको वृद्धि, सिडी रेसियो ९०.७७ प्रतिशतमा


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरूको निक्षेपमा ७ अर्बको वृद्धि भएको छ । यो एकै दिनको वृद्धि हो ।

सो तथ्याङ्कको अनुसार, सोमबार १२ गते ४३ खर्ब ५२ अर्ब निक्षेप रहेकोमा मङ्गलवार वैशाख १३ गते वाणिज्य बैङ्कहरूको निक्षेप बढेर ४३ खर्ब ५९ अर्ब रुपैयाँमा पुगेको छ।

यता वाणिज्य बैङ्कको ऋणमा भने कुनै परिवर्तन आएको छैन। वाणिज्य बैङ्कले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा दिएका छन्। त्यस्तै कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ९०.७७ प्रतिशत कायम भएको छ। सोमबार भने कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ९०.९२ प्रतिशत कायम भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x