
जापानी अटो कम्पनी सुजुकी मोटर कर्पोरेसनले भारतमा आफ्नो सहायक कम्पनी मारुती सुजुकी मार्फत २ करोड ५० लाख कारहरू बिक्री गर्दै रेकर्ड कायम गरेको जनाएको छ । मारुती सुजुकी भारतले जनवरी ९, २०२३ मा बिक्रीको सो अङ्क हासिल गरेको हो । मारुती सुजुकी भारतले फेब्रुअरी २०१२ मा एक करोड कारहरू बिक्री गर्दै जुलाई २०१९ सम्म आइपुग्दा दुई करोड कारहरू बिक्री गर्न सफल भएको थियो।
त्यस्तै मारुती सुजुकी भारतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी पनि बनेको छ । मारुती सुजुकी भारतमा निरन्तर गाडी उत्पादन गर्ने सबैभन्दा पुरानो कार निर्माता हो । जापानी कम्पनी सुजुकीले सन् १९८२ मा मारुती उद्योग, भारतसँग संयुक्त रूपमा कार निर्माणको सम्झौता गरी सन् डिसेम्बर १९८३ मा आफ्नो पहिलो कार - मारुती ८०० बजारमा ल्याएको थियो । हाल, कम्पनीले भारतमा १७ मोडलहरू उत्पादन र बिक्री गर्दै आइरहेको छ ।
एजेन्सीहरूको सहयोगमा
