सूर्यकुण्ड हाइड्रोको ३४ हजारभन्दा बढी शेयरको लकइन भदौ ४ गते सकिने


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि आगामी भदौ ४ गतेदेखि समाप्त हुने भएको छ।

धितोपत्र निष्कासनसम्बन्धी प्रचलित व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई आइपिओ बाँडफाँट गरेको मितिदेखि सामूहिक लगानी कोषलाई छुट्टाइएको शेयर छ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार उक्त शेयरको लकइन अवधि अब समाप्त हुन लागेको हो।

यद्यपि कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको शेयर भने आइपिओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म लकइनमै रहने प्रावधान कायम रहनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x