
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ४१४ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई खरिदको प्राथमिकता दिँदै असार २ गतेदेखि बिक्रीमा राखेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ निर्धारण गरेको छ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेख गरी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
