धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अंकले बढेर १९३० दशमलव ९७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अंकले बढेर ३८२ दशमलव १४ को विन्दुमा पुगेको छ ।
 
आज कूल २३१ कम्पनीका ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर रु १ अर्ब २९ कराेड ६ लाख ६४ हजार ६४१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २९ दशमलव ५४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ८१.४१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५४.७६ अङ्कले, विकास बैंक उपसमूह १३१.२४ अङ्कले, जलविद्युत उपसमूह ८३.८२ अङ्कले, वित्त उपसमूह ८३.१८ अङ्कले, निर्जीवन बीमा १८२.३४ अङ्कले, उत्पादन उपसमूह १६१.६८ अङ्कले, अन्य उपसमूह ७०.१ अङ्कले, लघुवित्त उपसमूह ९१.९७ अङ्कले, जीवन बीमा उपसमूह १७४.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले र लगानी उपसमूह २ दशमलव ३३ अङ्कले बढेको छ।

 
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २९ दशमलव ५४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ८१.४१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५४.७६ अङ्कले, विकास बैंक उपसमूह १३१.२४ अङ्कले, जलविद्युत उपसमूह ८३.८२ अङ्कले, वित्त उपसमूह ८३.१८ अङ्कले, निर्जीवन बीमा १८२.३४ अङ्कले, उत्पादन उपसमूह १६१.६८ अङ्कले, अन्य उपसमूह ७०.१ अङ्कले, लघुवित्त उपसमूह ९१.९७ अङ्कले, जीवन बीमा उपसमूह १७४.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले र लगानी उपसमूह २ दशमलव ३३ अङ्कले बढेको छ।
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            