ग्रीनेदी इनर्जीले आइपिओ निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने

Gyanmandu | Achieving Excellence Together
ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रस्ताव दोस्रो वार्षिक साधारण सभामा पेस गर्ने भएको छ। कम्पनीले आगामी मङ्सिर ६ गते आइतबार साधारण सभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा बिहान ११ बजे पोखरास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको आइपिओ निष्कासन गर्ने विषयमा छलफल गरी निर्णय गरिनेछ। आइपिओ निष्कासनका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन वा परिवर्तन गर्न निर्देशन आएमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x