इष्टर्न हाइड्रोपावर लिमिटेडले यही पौष ३० गते छैटौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते देखी पौष २६ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा हाेटल हार्दिक, बागबजार, काठमाण्डाैँमा बिहान ८:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।
कम्पनीको सञ्चालक समितिमा १ जना अनिवार्य महिला सदस्य रहने गरी कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
आजसम्म कायम शेयरधनीले इष्टर्न हाइड्राेपावरकाे साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
