बन्दिपुरहिलमा “शिव महिम्नाहा उत्सव” हुँदै

तनहुँको पर्यटकीय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना बन्दिपुरहिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ गते सम्म सञ्चालनमा रहने गरी “शिव महिम्नाहा उत्सव” को सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ । श्रावण महिनाका प्रत्येक दिन पछिको साँझमा बन्दिपुरहिलको बटम स्टेसन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती सुरु हुनेछ र प्रज्वलित आरती केबलकारको माध्यमबाट भजन कीर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिर सम्म पुर्याईने छ । जुन मन्दिरमा भगवान् शिवजीले न्यायिक राज्य प्रशासनको सुरक्षा कवँचको रूपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरूप दिएको साक्षात् तरबार रहेको छ । सो मन्दिरमा ल्याएर “दिव्य देवी आरती” गर्ने र भजन कीर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले बताउनु भएको छ ।

कार्यक्रम अन्तर्गत प्रत्येक सोमबार “वोलवम पद तथा रोप यात्रा” को विशेष कार्यक्रमहरू समेत उत्सवमा समावेश गरिएको छ । यस प्रकारको यात्रा मर्स्याङ्दी नदीबाट जल उठाई सुरुवात हुनेछ र पद यात्रा मार्फत केबलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पूजा आराधना गरिने, प्राङ्गणमा नै रहेका ३३ कोटी देवी देवताको मूर्तिको दर्शन गराउने, शिवजीको विराट ध्यानमग्न मूर्तिको स्वरूप दर्शन गराउने, नाच गान भजन गराउँदै केबलकार सवारी गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिन धारामा रहेको तिन धर्के महादेवको ज्योतिर्लिङ्ग विशेष दर्शन पूजा आराधना, भजन कीर्तन सहित फिर्ति सवारी हुने र पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पूजा आराधना गर्ने, यस पश्चात् केबलकार मार्फत बटम स्टेसनमा फिर्ता हुने र विशेष धार्मिक सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने कार्यक्रम रहेको छ ।

वोलवम कार्यक्रमको दिन बिहान ९:०० बजे देखि १०:०० बजे सम्मका वोलवममा सहभागी तिर्थयात्रीहरुको लागी केबलकारको टिकट मूल्य कार्यक्रम सहयोगको लागी मात्र भन्ने उद्देश्यले रु. २००/- मात्र राखिएको छ । “शिव महिम्नाहा उत्सव” को अन्य समय र दिनहरूमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । जसमा केबलकारको टिकट रु.५००/- मा रु. ३००/- बराबर मूल्यको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क उपलब्ध गराउने छ । “शिव महिम्नाहा उत्सव” धार्मिक भावना प्रवर्धन गर्ने प्रवित्र उद्देश्यले आयोजना गरिएको कम्पनीले दाबी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x