लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न होटेल थपिँदै

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी रु ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रुपन्देहीका होटेल व्यवसायमा मात्रै झन्डै रु ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् ।

पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना–ठुला गरी दुई हजार पाँच सय होटेल छन् । यसमध्ये एक सय ५० भन्दा बढी स्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी सङ्घका पूर्व अध्यक्ष पर्यटन व्यवसायी माधव नेपाल बताउनुभयो । लुम्बिनी क्षेत्रको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर होटेल तथा पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्दो छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रूपमा मानिएको सिद्धार्थनगर र रुपन्देहीमा आधुनिक नगरको रूपमा विकसित हुँदै गइरहेको तिलोत्तमा नगरपालिकामा शनिवारदेखि एकै दिन दुई वटा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–३ स्थित सिङ्गापुर कोलनीमा नेपालको पर्यटन क्षेत्रमा ३२ वर्षदेखि होटेल सञ्चालन गरिरहेको ल्याण्डमार्क होटेल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । यस्तै तिलोत्तमाको जानकीनगरमा पनि सुविधा सम्पन्न ‘द क्राउन इन’ होटेल सञ्चालनमा आएको छ ।

भारतीय पर्यटक नेपाल भित्रिने मुख्य बेलहिया नाकाबाट करिब तीन किलोमिटरको दूरीमा करिब डेढ बिघा जग्गामा चारतारे होटेल ल्याण्डमार्क सञ्चालनमा आएको होटेलका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिनुभयो । उहाँले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण रूपमा सञ्चालन नभए पनि भविष्यमा सञ्चालन हुने र त्यसले पर्यटन क्षेत्रमा कोशेढुङ्गा बनाउने बताउनुभयो । उहाँले ८० प्रतिशत भारतीय पर्यटक बेलहिया नाकामार्फत नै नेपाल भित्रने गरेको तथ्य प्रस्तुत गर्दै ल्याण्डमार्क त्यस्ता पर्यटकका लागि पहिलो रोजाइमा पर्ने बताउनुभयो ।

उहाँले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटेल सञ्चालन गरेर नेपाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताउनुभयो । उहाँले कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र बिस्तारै माथि उठ्ने क्रममा रहेको बताउनुभयो ।

प्रारम्भमा होटेलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरु गरेको छ । होटेलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधासमेत उपलब्ध गराएको होटेल व्यवस्थापनले जनाएको छ ।

यस्तै बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग खण्डको तिलोत्तमाको जानकीनगरमा ‘द क्राउन इन’ होटेल आधुनिक सुविधा सम्पन्न सेवा दिने गरी शनिवारदेखि नै सञ्चालनमा आएको होटेल सञ्चालक अनन्त थैवले बताउनुभयो । रु ४० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटेल सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० वटा कोठा रहेका छन् । होटेलमा एक सय जना क्षमताको बार र रुफटप बारको व्यवस्था गरिएको सञ्चालक थैवले बताउनुभयो । उहाँले स्वदेशमा नै स्वदेशी पुँजीको लगानीबाट केही गर्न सकिन्छ भन्ने विदेश पलायन हुने नयाँ पिँढीलाई सन्देश दिन विदेशबाट व्यवस्थापन अध्ययन गरेर फर्किएको छोरालाई होटेलको व्यवस्थापकीय जिम्मेवारी दिएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x