
आइपिओ निष्कासनको तयारीमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले चौथो साधारण सभा बोलाउने निर्णय गरेको हो।
उक्त सभा आगामी वैशाख ६ गते शनिवार, बिहान ११ बजे तनहुँस्थित बन्दीपुर परियोजना प्राङ्गणमा आयोजना हुने छ। सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने, तेस्रो साधारण सभाले पारित गरिसकेको र कम्पनी रजिस्ट्रार तथा धितोपत्र बोर्डमा अद्यावधिक भइसकेको आइपिओ सम्बन्धी प्रस्तावलाई यथावत् स्वीकृत गरी कार्यान्वयनमा ल्याउने, साथै कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
त्यसै गरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
कम्पनी हाल आइपिओ निष्कासनको अनुमतिको प्रतीक्षामा रहेको छ। यसका लागि कम्पनीले गत जेठ २२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले रु. १०० अङ्कित दरका ३० लाख ६० हजार कित्ता आइपिओ जारी गर्नेछ। यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैङ्किङले लिएको छ।
आइपिओ स्वीकृतिको प्रतीक्षामा रहेको बन्दीपुर केबलकारद्वारा साधारण सभा आह्वान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
