अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले ३५ अर्ब निक्षेप सङ्कलन गर्दै

Gyanmandu | Achieving Excellence Together
बैङ्किङ प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैङ्कले फेरि ३५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले भदौ २२ गते निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम प्रणालीबाट खिच्न लागेको हो।

निक्षेप सङ्कलनका लागि आज दिउँसो ३ बजेसम्म राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्रै यसमा सहभागी हुन पाउनेछन्।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

राष्ट्र बैङ्कका अनुसार यो ६० दिने निक्षेप सङ्कलन उपकरण हो। यसअन्तर्गत सङ्कलित साँवा तथा ब्याज आगामी कात्तिक २० गते भुक्तानी गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x