फार्म हाउस होटेल र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तव्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटेल र प्रभु बैङ्क लिमिटेडबिच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८१/०२/११ गते एक समारोहका बिच फार्म हाउस होटेल तर्फबाट प्रोप्राइटर समराज गुरुङ र प्रभु बैङ्क लिमिटेड तर्फबाट, बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिट/क्रेडिट कार्ड तथा बैङ्कको अन्य कुनै विद्युतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटेलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रा.ली.द्वारा सञ्चालित फार्म हाउस होटेल विगत पाँच वर्षदेखि सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटेलको रूपमा परिचित पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x