एनएमबि बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैङ्कले लिएको बताएको छ ।
बैङ्कका उच्च पदाधिकारीहरूले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीले समक्ष हस्तान्तरण गरेका हुन् ।
बाढी पहिरोबाट प्रभावित समुदायहरूलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैङ्कको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।
साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैङ्कले लिएको बताएको छ ।
एनएमबि बैङ्कले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।