नबिल बैङ्क र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

नबिल बैङ्क लिमिटेड र स्मार्ट आइडियाज प्रा.लि. (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैङ्क लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्नुभएको छ ।

दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल बैङ्कले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जस अन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

सो सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १०० देखि  अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैङ्कका अनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैङ्क खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।

नबिल बैङ्कले २०२२ डिसेम्बरदेखि  आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । सो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । “यो बैङ्किङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैङ्किङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,” नबिल बैङ्कका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भन्नुभयो ।

सो सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैङ्किङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नबिल बैङ्कले आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो । स्मार्ट आइडियाज प्रा.लि.ले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x