ग्लोबल आइएमई बैङ्कका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँच हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैङ्कका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरूलाई बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराएको बैङ्कले जनाएको छ ।

बैङ्कले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरूमा २५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।  मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढीको सहभागिता थियो ।

बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईंकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रमहरूमा १,२०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

त्यसै गरी, गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्य नेपाल नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका,  बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २,५०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैङ्कले ७६ शाखा कार्यालयहरूबाट ९,००० भन्दा बढी लक्षित वर्गहरूलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैङ्कले आफ्ना ३५० भन्दा बढी शाखाहरूमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x