यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज कूल २८० कम्पनीहरूका १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर रु. ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार ०१६ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ३६ करोड ६४ लाख ९९ हजार १५८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १६ करोड ९३ लाख ५८ हजार ७७५ बराबरको शेयर कारोबार भएको छ।

यता, सोल्टी हाेटल लिमिटेडको रु. १६ करोड ६६ लाख ९९९ कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १६ करोड ५४ लाख २४ हजार ४८४ र नेपाल टेलिकमको रु. १४ करोड ७४ लाख ८९ हजार ५२३ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x