साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले घटेर १८५० दशमलव ६१ को विन्दुमा कायम भएको छ। आज कूल २६३ कम्पनीहरूका २० लाख १५ हजार ९५९ कित्ता शेयर रु. ६० करोड ८१ लाख ३५ हजार ९४ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड २२ लाख ३७ हजार ६०७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु १ करोड ८९ लाख ७६ हजार १०३ बराबरको शेयर कारोबार भएको छ।
यता, नबिल बैङ्क लिमिटेडको १ करोड ६८ लाख २३ हजार ७० बराबरको कारोबार हुँदा एनआईसी एशिया बैङ्क लिमिटेडको रु १ करोड ५४ लाख ७० हजार ६३२ शेयर र ङादी ग्रुप पावर लिमिटेडको १ करोड ५३ लाख १५ हजार ५९२ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
