नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र ३० गते बिहीबारका दिन महालक्ष्मी विकास बैङ्क लिमिटेड, यूनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा बिहीबार महालक्ष्मी विकास बैङ्क लिमिटेडको १६ लाख ०४ हजार ३५३.३१ कित्ता, यूनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्स लिमिटेडको ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट महालक्ष्मी विकास बैङ्क लिमिटेड, यूनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले क्रमशः ४ प्रतिशत, ८.९७ प्रतिशत र ४ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।
नेप्सेमा तिन कम्पनीको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
