सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत्र ०८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १० हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् ।
कम्पनीले जारी पुँजीको ४९ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० अङ्कित दरका ५४ लाख ८८ हजार कित्ता शेयर मध्ये, जारी पुँजीको १० प्रतिशत अर्थात् ११ लाख २० हजार कित्ता साधारण शेयर, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूलाइ र सार्वजनिक निष्कासन हुने शेयरको १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरी, बाँडफाँड पश्चात् जारी पुँजीको ३९ प्रतिशत अर्थात् ४३ लाख ६८ हजार कित्ता शेयरहरू मध्ये २ लाख १८ हजार ४०० कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ३१ हजार ४० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ८१ हजार ७६० कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) चैत्र १२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र २२ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सगरमाथा जलविद्युत कम्पनीको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
