
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १ हजार ७४९ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएका छन्।
नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशन २०८२ अनुसार अघि बढाइएको यस प्रक्रियामा पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीहरूलाई दिइनेछ। इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय वा आरविवि मर्चेन्ट बैङ्किङ लिमिटेड, टेकु, काठमाडौँमा आवेदन दिन सक्नेछन्।
यदि तोकिएको अवधिभित्र संस्थापक समूहबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी शेयर प्रचलित कानुनी प्रावधानअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
कम्पनीले आवेदन दिने क्रममा आवश्यक कागजात पूरा गर्न र समय सीमा भित्रै निवेदन पेस गर्न सबै इच्छुक लगानीकर्तालाई आग्रह गरेको छ।
