नबिल बैङ्कको १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


नबिल बैङ्कको १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

बैङ्कले संस्थापक समूह अन्तर्गतको उक्त शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो। हाललाई बैङ्कका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको दरबारमार्ग स्थित बैङ्कको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयर धनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x