कुमारी बैङ्कको संस्थापक शेयर आज देखि लिलामीमा



कुमारी बैङ्क लिमिटेडको संस्थापक शेयर जेठ २६ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।

लिलामी मार्फत विक्री हुन लागेको बैङ्कको १ लाख ४६ हजार २८३ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ११० तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरू अन्य इच्छुक व्यक्ति, कम्पनी तथा सङ्गठित संस्थाहरूले ज्येष्ठ ३२ गते सम्ममा सो कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ता के कति दरमा लिने हो सो उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने बैङ्कले जनाएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताको लागि र सो भन्दा माथि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने बैङ्कले बताएको छ ।

सो कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x