हिमालयन बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

हिमालयन बैङ्क लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष ०५ गते, बिहान ८:३० बजे बसेको सञ्चालक समितिको ४२७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १९.११ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ११.११ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश गरी जम्मा १९.११ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने हिमालयन बैङ्क लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा हिमालयन बैङ्क लिमिटेडले चुक्ता पुँजीको २१.३८ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ४.६२ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x