मुक्तिनाथ विकास बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १५ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १५ असारबाट बैङ्कको केन्द्रीय कार्यालय, का.म.न.पा.-२८, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै मुक्तिनाथ विकास बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%