संस्थापक शेयर बिक्री गर्दै सेन्ट्रल फाइनान्स

सेन्ट्रल फाइनान्स लिमिटेडका संस्थापक शेयरधनीहरुले २४ हजार ५५३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २१ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले २१ जेठबाट कम्पनीको केन्द्रीय कार्यालय, कुपण्डाेल, ललितपुर वा कम्पनीको शेयर रजिस्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड, काठमाडौँमा आइपुग्ने कति कित्ता शेयर खरिद गर्ने हो सोको जानकारी खुलाइ निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x