लक्ष्मी सनराइज बैङ्कको ऋणपत्र बाँडफाँट सम्पन्न


लक्ष्मी सनराइज बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ। बैङ्कले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो।

बैङ्कले १० वर्ष अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याजदर तोकेर उक्त ऋणपत्र जारी गरेको थियो। प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरी बैङ्कले कुल ३ अर्ब रुपैयाँ जुटाएको हो।


कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र विभिन्न सङ्घसंस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिएको बैङ्कले जनाएको छ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

सर्वसाधारणका लागि छुट्टाइएको ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको बैङ्कले जनाएको छ।

ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको थियो।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशतका दरले प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी पाउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x