तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरले यस वर्ष उल्लेखनीय पर्यटक आगमन भोगेको छ। अस्थायी पर्यटक प्रहरी पोस्टका प्रमुख, प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म २१ हजार ७२५ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन्। पछिल्लो समय ‘पहाडकी रानी’को नामले चर्चित बन्दीपुरमा विदेशी पाहुनाहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको उहाँले बताउनुभयो।
सबैभन्दा धेरै आगमन गर्ने समूहमा चीनका नागरिक अग्रस्थानमा छन्। सात महिनामा मात्रै ५ हजार ५१ जना चिनियाँ पर्यटक यहाँ आएका छन्। उनीहरू छोटो अवलोकन भ्रमणमा बढी आउने गरे पनि बसाइका लागि पोखरा वा चितवन रोज्ने गरेको रानाले बताउनुभयो । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटकहरूको उपस्थिति उल्लेखनीय रहेको छ।
विदेशी पर्यटक आगमन महिनागत विवरण हेर्दा वैशाखमा ३,२९७, जेठमा ३,३४२, असारमा २,७६६, साउनमा २,०७५, भदौमा १,८३२, असोजमा ३,७८६ र कात्तिकमा ४,६२७ जना बन्दीपुर पुगेका थिए।
विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। सात महिनामा ३२ हजार ७६० नेपाली पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। विशेष गरी कात्तिक र मङ्सिरमा कलेज तथा विद्यालय स्तरका विद्यार्थी समूह आउने भएकाले आन्तरिक पर्यटन अझै चहलपहल देखिएको स्थानीय प्रशासनले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा बन्दीपुरले १२ हजार ९३९ विदेशी पर्यटक भित्र्याएको थियो, जबकि यस वर्ष केवल सात महिनामै त्यो सङ्ख्या दोब्बर नजिक पुगेको छ।
पर्यटन वर्ष २०२५ लाई लक्षित गर्दै बन्दीपुर गाउँपालिकाले पर्यटक सङ्ख्यामा यसभन्दा धेरै वृद्धि गर्ने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार हाल बन्दीपुरका सबै चार घरबास र ७० होटेलहरू लगभग भरिएका छन्, जसले यहाँका व्यवसायीहरूमा उत्साह थपिएको छ।
सात महिनामा २१ हजार भन्दा बढी विदेशी पर्यटक बन्दीपुर पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
