
भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा प्रभावशाली राजस्व प्रदर्शन गर्दै निर्धारित लक्ष्यभन्दा उल्लेखनीय रूपमा बढी रकम सङ्कलन गर्न सफल भएको छ। साउनदेखि कात्तिकसम्म कार्यालयले लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व उठाएको हो।
प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार चारै महिनामा लक्ष्यभन्दा उच्च राजस्व सङ्कलन भएको र विभागले तोकेको लक्ष्य ४ अर्ब २३ करोड ६८ लाख १४ हजारको तुलनामा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ। यो लक्ष्यको १२७.३ प्रतिशत बराबरको असुली हो, जसले राजस्व व्यवस्थापनमा कार्यालयको प्रदर्शन उत्कृष्ट रहेको सङ्केत गर्छ।
गत आर्थिक वर्षको यही अवधि तुलनामा यस वर्ष राजस्व सङ्कलन ५१.५ प्रतिशतले बढेको कार्यालयले जनाएको छ। अन्तःशुल्क नै कुल राजस्वको सबैभन्दा ठुलो हिस्सा (८२.६%) ओगट्ने मुख्य स्रोत बनेको छ। मूल्य अभिवृद्धि कर र आयकर शीर्षकहरूबाट पनि सन्तोषजनक आम्दानी भएको कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।
राजस्व वृद्धिमा उद्योग–व्यवसायी, करदाताहरू र कर प्रशासनबिचको प्रभावकारी सहकार्य मुख्य कारण रहेको कार्यालयको भनाइ छ। भैरहवा आन्तरिक राजस्व कार्यालयअन्तर्गत हाल ६४ हजारभन्दा बढी करदाताहरू दर्ता छन्।
भैरहवा आन्तरिक राजस्व कार्यालयद्वारा चार महिनामै लक्ष्यभन्दा १.१५ अर्ब बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
