
बागमती प्रदेशमा औद्योगिक क्रियाकलापले गति लिएको नेपाल राष्ट्र बैङ्कको ताजा अध्ययनले देखाएको छ। बैङ्कले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२’ अनुसार गत आर्थिक वर्षमा प्रदेशभर ५४३ नयाँ उद्योग दर्ता भएका छन्।
यी उद्योगहरूले कुल ७१ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् र करिब २४ हजार ९३ जनालाई प्रत्यक्ष रोजगारी सृजना गर्ने अनुमान गरिएको छ।
दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ३४० उद्योग काठमाडौँमा स्थापना भएका छन्, जसले करिब १५ हजार ८५८ जनालाई रोजगारी दिने योजना गरेका छन्। त्यस्तै, भक्तपुरमा ८३, ललितपुरमा ७४ र मकवानपुरमा १४ नयाँ उद्योग दर्ता भएका छन्।
रिपोर्ट अनुसार, उद्योगहरू मुख्यतः काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) साथै चितवन र मकवानपुरमा केन्द्रित छन्। बागमती प्रदेशमा दर्ता भएका प्रमुख उद्योगहरूमा जुत्ता, कपडा, पशु खाद्य, ऊन तथा सूतिका तयारी पोसाक, गलैँचा, पस्मिना, फेल्टका सजावटी वस्तु, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योग प्रमुख रहेका छन्।
नेपाल राष्ट्र बैङ्कले यी तथ्याङ्कका आधारमा बागमती प्रदेशको औद्योगिक क्षेत्रले गत आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको निष्कर्ष निकालेको छ।
बागमती प्रदेशमा उद्योग विस्तार, लगानी ७१ अर्ब नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
