धितोपत्र बजारमा ९.६१ अङ्कको वृद्धि, नेप्से २६६५.६० को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ६१ अङ्कले बढेर २६६५ दशमलव ६० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ६४ अङ्कले बढेर ४५९ दशमलव १७ को विन्दुमा पुगेको छ ।

आज कूल ३२२ कम्पनीहरूका १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर रु. ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ०९५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह ३ दशमलव ८५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १८ अङ्कले, जीवन बिमा उपसमूह ४४.८८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०१ अङ्कले र निर्जीवन बिमा ३७.५० अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ९ दशमलव ०६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ७ दशमलव १० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६९.२२ अङ्कले, जलविद्युत उपसमूह ९.८६ अङ्कले, उत्पादन उपसमूह ५८.७० अङ्कले, लघुवित्त उपसमूह ३५.७१ अङ्कले, अन्य उपसमूह १०.९६ अङ्कले र ट्रेडिङ उपसमूह २५.९५ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x