धितोपत्र बजारमा ७.१६ अङ्कको गिरावट, नेप्से २१७०.१८ को विन्दुमा

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७ दशमलव १६ अङ्कले घटेर २१७० दशमलव १८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर ४१४ दशमलव ०० को विन्दुमा पुगेको छ ।

 


आज कूल २५७ कम्पनीहरूका १ करोड ५ लाख २ हजार ६४९ कित्ता शेयर रु. ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ मा खरिद बिक्री भए ।
 



कारोबार भएका कूल १३ उपसमूह मध्य अन्य उपसमूह ७ दशमलव ७५ अङ्कले र ट्रेडिङ उपसमूह १.१३ अङ्कले बढेका छन् ।यता, बैंकिङ उपसमूह शून्य दशमलव ४१ अङ्कले बढ्दा विकास बैंक उपसमूह २२ दशमलव ६२ अङ्कले, वित्त उपसमूह ३५ दशमलव ७१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४९.७१ अङ्कले, जलविद्युत उपसमूह २७.३६ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ०३ अङ्कले, जीवन बिमा उपसमूह ६१.५० अङ्कले, उत्पादन उपसमूह ४१.९० अङ्कले, लघुवित्त उपसमूह १७.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले र निर्जीवन बिमा २८.५४ अङ्कले घटेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x