माउन्ट एभरेष्ट पावरको आइपिओ बाँडफाँट सम्पन्न

माउन्ट एभरेष्ट पावर लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) शुक्रवार बाँडफाँट गरिएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले शुक्रवार बिहान ८:३० बजे शेयर बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।

बाँडफाँटअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले कुल १४ लाख २७ हजार ६०० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि १४ लाख २७ हजार ६०० कित्ता आइपिओ बिक्री खुला गरेको थियो। यसअघि नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई उक्त आइपिओ निष्कासनका लागि अनुमति प्रदान गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x