नेपाल एसबिआई बैङ्ककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



नेपाल एसबिआई बैङ्क लिमिटेडले यही पौष २५ गते सोमबारको दिन २९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफा समेतबाट ७.५३ प्रतिशतले हुन आउने रकम रु. ७३ करोड ९८ लाख ८६ हजार ७३९ रुपैयाँ ३८ पैसा बराबरकाे नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) र ३ प्रतिशतले हुन आउने रकम रु. २९ करोड ४७ लाख ७५ हजार ५९३ रुपैयाँ ३८ पैसा बराबरकाे बोनस शेयर गरी जम्मा १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैङ्कले अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसँग मर्जर प्रक्रिया अगाडि बढाउनको लागि गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू गर्ने/गराउने अख्तियारी पनि सोही सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x