यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदै छ खरिदबिक्री ?

मङ्गलवार डलरको भाउमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरिद बिक्रीमा सामान्य फेरबदल भएको छ ।
 
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३५ पैसा, अस्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०।३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।  सिङ्गा पुरे डलर आज एक रुपैयाँले बढेको छ । यसको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२  पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x