सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख ३५ हजार नाघ्यो

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा मङ्गलवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाइ छोएको छ । लगातार बढ्दै आएको सुनको मूल्य आज प्रतितोला दुई हजार ३०० रुपैयाँले वृद्धि भई २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सोमबारको रेकर्ड तोड्दै सुनको मूल्यले फेरि नयाँ उच्च स्तर कायम गरेको हो।

यसैबिच, चाँदीको मूल्य भने स्थिर छ। आज पनि सोमबारकै दरमा प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। हालको मूल्य नै चाँदीको समेत अहिलेसम्मकै उच्च स्तर हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x