पिपुल्स हाइड्रोपावरले कार्तिक २५ गतेदेखि आइपिओ निष्कासन गर्दै

पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडले कार्तिक २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएकाे छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाखसम्म तोकेको छ। सो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्टयाएको शेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता शेयर समेत जोडेर प्रतिशेयर रु.१०० अङ्कित दरका ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीले निष्कासन गर्ने ५६ लाख ६ हजार ३९० कित्ता शेयर मध्ये १ लाख ६८ हजार १९० कित्ता अर्थात कुल निष्काशनको ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरि र २ लाख ८० हजार ३२० कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) कार्तिक २९ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मंसिर ०९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x