
सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान शेयर बाँडफाँड प्रक्रिया टुङ्ग्याएको हो।
कम्पनीले वैशाख ३ देखि वैशाख ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो। उक्त अवधिमा २७ लाख ६८ हजार ७४३ जनाबाट आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको जनाइएको छ।
माग भन्दा अत्यधिक आवेदन परेपछि गोला प्रथा (लटरी) विधिबाट बाँडफाँड गरिएको हो। यस प्रक्रियामा ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात रित्तिएको छ।
सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँड सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
