धितोपत्र बजारमा ११.३२ अंकको वृद्धि, नेप्से परिसूचक १८६६.४८ को विन्दुमा

 

ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३२ अंकले बढेर १८६६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ५६ अंकले बढेर ३६६ दशमलव १९ को विन्दुमा पुगेको छ ।



आज कूल २२३ कम्पनीका २० लाख ८५ हजार २८४ कित्ता शेयर रु ६९ करोड १७ लाख ३७ हजार ८९३ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह १३ दशमलव ८८ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव २४ अङ्कले घटेकाे छ। यता, बैंकिङ उपसमूह ४ दशमलव २३ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह २३.१८ अङ्कले, विकास बैंक उपसमूह ६९.४ अङ्कले, जलविद्युत उपसमूह १५.७५ अङ्कले, वित्त उपसमूह ४०.८६ अङ्कले, निर्जीवन बीमा ४६.७४ अङ्कले, उत्पादन उपसमूह ३९.४७ अङ्कले, अन्य उपसमूह ९.६२ अङ्कले, लघुवित्त उपसमूह १८.५६ अङ्कले, जीवन बीमा उपसमूह ४९.९५ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २१ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x