नेपाल इन्भेष्टमेण्ट बैङ्क र मेगा बैङ्क नेपाल बीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न


ज्ञानमाण्डू। आज मिति २०७९/०२/२७ गते शुक्रवारका दिन नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैङ्कले अङ्गीकार गरेको बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बिच एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको तर्फबाट अध्यक्ष श्री पृथ्वी बहादुर पाण्डे तथा मेगा बैङ्क नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष श्री भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रूपमा कार्य शुभारम्भ गर्नु भयो ।

बैङ्कहरू एक आपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देश कै सबैभन्दा ठुलो वाणिज्य बैङ्क बन्नुका साथै यसले नेपाल राष्ट्र बैङ्कको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैङ्कहरूलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैङ्कको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रूपमा श्री पृथ्वी बहादुर पाण्डे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा श्री ज्योति प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसै गरी मर्जर पछि बन्ने बैङ्कको नयाँ सञ्चालक समितिमा दुवै बैङ्कको सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको चुक्ता पूँजी रु.१८.३१ अर्ब तथा मेगा बैङ्क लिमिटेडको चुक्ता पूँजी रु. १६.१२ अर्ब रहेकोमा दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पूँजी रु.३४.४३ अर्ब भई सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैङ्क बन्नेछ । त्यसै गरी हाल नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैङ्क नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैङ्क नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैङ्क नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठुलो बैङ्क हुनेछ ।

दुवै बैङ्कहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैङ्कको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहक वर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिविद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षहरूले जानकारी गराउनु भएको थियो । उहाँहरूले यो रूपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x