नेपाल र अष्ट्रिया सरकार बीच ऊर्जाका आयोजनाहरूमा सहयोग, लगानी र सहकार्य हुने

ज्ञानमाण्डू।नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । दुई राष्ट्रबिच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका तर्फबाट यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मङ्गलवार हस्ताक्षर गरे ।अष्ट्रियाको राजधानी भियनामा मङ्गलवार बसेको बैठकमा दुई देशबिच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरूलाई आदान प्रदान गर्ने सहमति उल्लिखित समझदारी पत्र MoU मा हस्ताक्षर भएको हो । 

दश बुधे समझदारी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरूको संयुक्त अध्ययन र तालिममा पनि दुई मुलुकबिच सहकार्य हुने उल्लेख छ । समझदारी पत्रमा परियोजनाहरूको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर सहकार्य गरिने उल्लेख गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरूलाई आदान प्रदान गर्ने गरी दुई देशबिच मङ्गलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रूपमा लिएको बताए।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार मेगा वाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोगका लागि आग्रहसमेत गरे ।मन्त्री पुनले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीलाई प्रस्ताव राखे ।

अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरूमा सहयोग, लगानी र सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नु क साथै उनले अष्ट्रियाको तर्फबाट नेपालका सरकारी आयोजनाहरूमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x