यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४–२ अन्तरले पराजित भयो । 

चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि प्रशान्त लक्षम र धनसिंह विकले समान एक एक गोल गरे । 

खेलको तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलमा चाइनिज ताइपेइले अग्रता लिएको थियो । नवौं मिनेटमा कप्तान प्रशान्त लक्ष्यमको गोलमा नेपाल खेलमा १–१ को अवस्थामा फर्कियो । २८औं मिनेटमा ताई यान याओको गोलमा ताइपेइले पुनः अग्रता लियो ।

६१औं मिनेटमा धन सिंह विकको गोलमा नेपाल खेलमा फर्किएको थियो । ७९औं मिनेटमा रक्षक दीपक थापा मगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै नेपालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । ८०औं मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा ताइपेईले अग्रता ३–२ मा पुर्‍याएको थियो । ८९औं मिनेटमा ताई यान याओले ताइपेईका लागि चौथो गोल गरे ।

लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । त्यसैले नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।

पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई ५–० को नतिजा सुम्पिएको थियो । 

यता चाइनिज ताइपेइ भने प्रतियोगितामा सुखद अन्त्य गर्न सफल भएको  छ । पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको चाइनिज ताइपेइले दोस्रो खेलमा थाइल्यान्डलाई ३–१ को नतिजा सुम्पिएको थियो ।

समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।

तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तीन खेलमा अंकविहीन रह्यो । आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुङ्गो लगाउने छ ।

छनोट चरणमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली स्वतः एसिया कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ६ उपविजेता टोलीले पनि एसिया कपको टिकट काट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x